तातोपानी नाका दसैँअघि नै खोल्न नेपाल र चिनियाँ पक्षबिच छलफल: स्थलगत निरीक्षण र द्रुत कार्य टोली परिचालन

तातोपानी नाका दसैँअघि नै खोल्न नेपाल र चिनियाँ पक्षबिच छलफल: स्थलगत निरीक्षण र द्रुत कार्य टोली परिचालन

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

१४ असोज, २०८३ (३० सेप्टेम्बर, २०२६)

काठमाडौँ। आगामी चाडपर्वको मुखमा आपूर्ति शृङ्खलामा देखिएको अवरोध हटाउन तातोपानी भन्सार नाका तत्काल पुनः सञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ दूतावासबिच घनीभूत कूटनीतिक तथा प्राविधिक छलफल भएको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच भएको भेटवार्तामा दसैँअघि नै नाका सञ्चालनमा ल्याउन आवश्यक सहजीकरण गर्नेबारे सहमति भएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी-केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह (आईसीडी) तथा सीमा जोड्ने करिब ४५ किलोमिटर सडक खण्डमा क्षति पुगेपछि उत्तरी व्यापार ठप्प बनेको छ। अध्यक्ष श्रेष्ठले कोरला र रसुवागढी नाकामा अवरोध आएकाले चाडपर्वको प्रमुख व्यापारिक मौसमअघि नै व्यापारी तथा उपभोक्ता मारमा परेको भन्दै तातोपानी नाका खुलाउन आग्रह गर्नुभयो। जवाफमा राजदूत झाङले क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा पूर्वाधार मर्मतका लागि चिनियाँ द्रुत कार्य टोली परिचालन गरिएको र दुवै देशका अधिकारीहरूले तातोपानीमा संयुक्त स्थलगत निरीक्षण गरिरहेको जानकारी दिनुभयो।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक डा. गोपाल प्रसाद तिवारीको समेत उपस्थिति रहेको थियो। सो अवसरमा दुवै देशका निजी क्षेत्रबिच व्यापार तथा लगानीका चुनौती सम्बोधन गर्न र आर्थिक पुनरुत्थानका लागि संयुक्त व्यापार मञ्च (Joint Business Forum) आयोजना गर्ने विषयमा समेत विचार-विमर्श भएको महासंघले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ