सांसदहरूलाई विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

सांसदहरूलाई विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

१४ असोज, २०८३ (३० सेप्टेम्बर, २०२६)
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई राजनीतिक दलीय अडानभन्दा माथि उठेर आफ्नो विज्ञताका आधारमा मुलुकको विकासमा योगदान पुर्‍याउन आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभाका इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग भएको विशेष छलफलका क्रममा प्रधानमन्त्री शाहले दीर्घकालीन नीति र नवीन सोचमा केन्द्रित हुन आह्वान गर्नुभएको हो।

प्रधानमन्त्री शाहले प्राविधिक विषयमा जानकार सांसदहरू मुलुकको नीति निर्माण गर्ने प्रमुख ठाउँमा रहेकाले आफ्ना ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। निर्वाचनका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकता दिँदै देश विकासका मुद्दामा केन्द्रित हुन उहाँले सुझाव दिनुभयो।

छलफलमा सहभागी सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिको संज्ञा दिँदै प्रधानमन्त्री शाहले विशिष्ट व्यक्तिहरूले कहिल्यै घटना र व्यक्तिप्रधान कुरा नगरी सदैव नयाँ विचार र अवधारणामा काम गर्ने उल्लेख गर्नुभयो। यस्ता नयाँ अवधारणामा आधारित भएर पारदर्शी ढङ्गले काम गरे आगामी पाँच वर्षमा मुलुकको मुहार फेर्न सकिने धारणा उहाँले व्यक्त गर्नुभयो।

सो छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाहसहित सांसदहरू तपेश्वर यादव, जगदीश खरेल, आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामाको उपस्थिति रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ