केलादीघाटमा सवारी आवागमन बन्द

केलादीघाटमा सवारी आवागमन बन्द

  • मङ्लबार, अशोज १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

वालिङ (स्याङ्जा), १३ असोजः स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने केलादीघाटस्थित पक्की पुलमा सवारी आवागमन बन्द गरिएको छ ।

कालीगण्डकी बाढीबाट गत आइतबार उक्त पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख पवित्रमणि आचार्यले बताउनुभयो । “सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमनमा पुलमा तत्काल सवारी सञ्चालन गर्न उपयुक्त नदेखेपछि रोक लगाएका हौँ”, उहाँले भन्नुभयो, “काठमाडौँबाट थप विज्ञ टोली पुलको निरीक्षणमा आउँदै हुनुहुन्छ, उहाँहरुको सुझावका आधारमा पुलको मर्मतपछि मात्रै सवारी सञ्चालन गरिनेछ ।”

पुल सञ्चालमा ल्याउन केही समय लाग्ने भएपछि तत्काललाई चापाकोट ७ र रापपुर ६ जोड्ने गौरीघाटको पुललाई वैकल्पिक मार्गकोरुपमा प्रयोग गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने उक्त सडकले तनहुँको भिमाद–स्याङ्जाको केलादीघाट–पाल्पाको रामपुर–मित्याल र नवलपुरको अरुणखोला जोड्दै आएको छ । पुलमा क्षति पुगेसँगै उक्त सडक भएर यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न पर्दा सास्ती खेप्नुपरेको छ ।

इलाका प्रहरी कार्यालय चापाकोटले चापाकोट–६ वडा कार्यालयसँगको समन्वयमा पुलमा सवारीसाधन तथा मानिसलाई आवतजावतमा रोक लगाएको प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले बताउनुभयो ।

चापाकोट १० किसान र रामपुर–१० होस्दी जोड्ने कालीगण्डकीमा भर्खरैमात्रै निर्माण भएको पुलमा पनि सवारी आवागमन बन्द गरिएको छ । बाढीले पुलमा खास ठूलो क्षति नगरे पनि पुलसम्म पुग्ने पहुँचमार्ग भासिएकाले सवारी आवागमन बन्द गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ