न्युयोर्कमा नेपाल र श्रीलंकाका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय भेटवार्ता: मानवीय सहायताप्रति नेपालद्वारा आभार व्यक्त

न्युयोर्कमा नेपाल र श्रीलंकाका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय भेटवार्ता: मानवीय सहायताप्रति नेपालद्वारा आभार व्यक्त

  • मङ्लबार, अशोज १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 779
    SHARES

१३ असोज, २०८३ (२९ सेप्टेम्बर, २०२६)
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच द्विपक्षीय भेटवार्ता भएको छ। महासभाको ‘साइडलाइन’ मा भएको उक्त भेटमा नेपाल र श्रीलंकाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद् तथा बाढी-पहिरोबाट प्रभावित समुदायप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

भेटमा दुवै मन्त्रीहरूले द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान गर्दै विद्यमान संयन्त्रका बैठकहरू शीघ्र आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका क्षेत्रमा सहकार्यलाई अझ फराकिलो र प्रभावकारी बनाउने सहमति भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ