१२ असोज, २०८३ (२८ सेप्टेम्बर, २०२६)
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। सोमबार नेपाल प्रहरीको साइबर ब्युरोले म्याद थपका लागि अदालतमा उपस्थित गराएपछि अदालतले उक्त आदेश दिएको हो।
रास्वपाकी सांसद एवम् जेनजी शहीद रसिक खतिवडाकी आमा रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई सोमबार बिहान उहाँकै निवासबाट साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो। प्रसाईंमाथि सामाजिक सञ्जालमार्फत शहीद र उहाँको परिवारप्रति अपमानजनक टिप्पणी गरेको आरोप छ।
यसअघि पनि पटक-पटक पक्राउ पर्दै आएका प्रसाईं गत साउन १८ गते सर्वोच्च अदालतको आदेशमा रिहा हुनुभएको थियो। त्यस्तै भदौ ४ गते प्रहरीले उहाँको घरमा खानतलासी गरी बरामद गरेका सामानहरू पछि सर्वोच्चको आदेश बमोजिम फिर्ता गरिएको थियो।