विनाकारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ: प्रचण्ड

विनाकारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ: प्रचण्ड

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

१२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

संघीय संसद् भवन सिंहदरबारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ । प्रचण्डले यस्ता घटना नदोहोर्‍याउन उनले सरकारलाई आग्रह समेत गरेका छन् ।

सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनको भनाइ थियो । यदी साँच्चै ‘सुरक्षा थ्रेट’ थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने तर्क प्रचण्डको थियो ।

‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्‍यो नि ।’

त्यस्तै प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया पनि दिए ।

यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ