अविरल वर्षाका कारण बागलुङमा १० जनाको ज्यान गयो, तनहुँका २४ घरमा क्षति

अविरल वर्षाका कारण बागलुङमा १० जनाको ज्यान गयो, तनहुँका २४ घरमा क्षति

  • सोमवार, अशोज १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

१२ असोज, २०८३ (२८ सेप्टेम्बर, २०२६)
काठमाडौँ। दुई दिनदेखिको अविरल वर्षाका कारण आएको पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जना र निसीखोला गाउँपालिकामा पाँच जनाको पहिरोले घर र गोठ पुर्दा मृत्यु भएको हो। तमानखोला-३ धर्नासुकमा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्ती, तमानखोला-४ सन्तरमा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको ज्यान गएको छ। सन्तरमा हस्तवीरकी श्रीमती पहिरोमा बेपत्ता हुनुभएको छ। यस्तै निसीखोला-३ जुग्जाखोलामा पहिरोले घर पुर्दा ३६ वर्षीया श्यामकुमारी विकसहित उहाँका तीन जना नाबालक छोराछोरीको मृत्यु भएको छ भने निसीखोला-६ मा ५० वर्षीय सूर्यबहादुर घर्ती र ताराखोला-५ मा ५९ वर्षीय मनबहादुर रोकाको पहिरोमा परी मृत्यु भएको छ।

वर्षाकै कारण तनहुँका व्यास, भानु, घिरिङ, बन्दीपुर, म्याग्दे र ऋषिङ गरी छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ। प्रहरीले बाढी-पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारेको छ। यस्तै कालीगण्डकी नदीमा आएको बाढीले तनहुँको देवघाटस्थित सीता गुफा परिसरका शौचालय, १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति र भण्डारण गरिएका सामान बगाएको छ। प्रहरीले गुफाका ७६ वर्षीय पुजारी शिवानन्द गिरीको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ