चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री

चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

गोरखा, ११ असोजः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दसैँतिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा रु पाँच मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताउनुभयो ।

कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ गतेदेखि सहुलियतको चामल बिक्री सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयबाट स्टिम जिरा मसिना र अरुवा सोना मन्सुली चामल छुट मूल्यमा बिक्री हुँदै आएको छ । यस वर्षका लागि कार्यालयको गोरखा शाखामा ३८० क्विन्टल सिर्दिबास डिपोका लागि १९० क्विन्टल तथा बिक्री केन्द्र नामरुङ र चुमलिङका लागि पनि १९० क्विन्टल चामल छुट मूल्यमा बिक्री गर्न कोटा निर्धारण भएको थियो ।

सोअन्तर्गत शाखा कार्यालय गोरखाबाट अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ६२ बाट घटेर रु ५७ मा बिक्री भइरहेको छ । स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९२ बाट घटेर रु ८७ का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।

खाद्यको सिर्दिवास डिपो तथा बिक्री केन्द्र नामरुङ र चुमलिङबाट भने अरुवा सोना मन्सुली चामल प्रतिकिलो रु ६५ बाट घटेर रु ६० र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९५ बाट घटेर रु ९० का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीको भनाइ छ । उहाँका अनुसार छुट कोटाको मौज्दात नसकिएसम्म बिक्री केन्द्रबाट सहुलियतको चामल उपलब्ध हुन्छ । छुट कोटाको मौज्दात सकिएपछि भने पुरानै दरमा चामल खरिद बिक्री हुने उल्लेख छ ।

“छुट कोटामा २५ किलो बोराको अरुवा सोना मन्सुली चामल गोरखामा प्रतिबोरा रु एक हजार ४२५ र सिर्दिवासमा प्रतिबोरा रु एक हजार ५०० तथा स्टिम जिरा मसिनो चामल गोरखामा प्रतिबोरा रु दुई हजार १७५ र सिर्दिवासमा प्रतिबोरा रु दुई हजार २५० मा बिक्री गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “छुट कोटा सकिएपछि प्रतिकेजी पाँच रुपैँया बढी तिरेर बजार मूल्यभन्दा सस्तोमा नै चामल बिक्री वितरण हुन्छ ।”

दसैँ, तिहारलाई लक्षित गरेर कार्यालयले चिनी, दाल, तेल र गेडागुडीसमेत बिक्री गर्न लागेको कार्यालय प्रमुख रञ्जना केसीले जानकारी दिनुभयो । “केही दिनभित्र चिनीलगायत अन्य खाद्यन्न बिक्री गर्न सुरु गर्छौँ । चिनी प्रतिकिलो रु ११० मा उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि खाद्यको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुम्लिङ बिक्री केन्द्रका लागि एक, एक हजार क्वीन्टल चामलको कोटा निर्धारण भएको छ । शाखा कार्यालय गोरखाका लागि भने आवश्यकताअनुसार चामल ढुवानी हुने बताइएको छ । कार्यालयको सिर्दिवास डिपोमा हाल ७०० क्वीन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ