पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीप्रति डा. शशांक कोइरालाको आपत्ति: गैरजिम्मेवार र गैरकानुनी कदम भन्दै भर्त्सना

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीप्रति डा. शशांक कोइरालाको आपत्ति: गैरजिम्मेवार र गैरकानुनी कदम भन्दै भर्त्सना

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

११ असोज, २०८३ (२७ सेप्टेम्बर, २०२६)

काठमाडौँ। नेपाली कांग्रेस (असन्तुष्ट पक्ष) १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विना कुनै स्पष्ट कारण मध्यराति नियन्त्रणमा लिइनुलाई गैरजिम्मेवारपूर्ण, अराजक र गैरकानुनी कदमको संज्ञा दिनुभएको छ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित पदमा रहेका व्यक्तिलाई आधार र प्रमाणविना हचुवाका भरमा धरपकड गरिएको भन्दै त्यसको घोर भर्त्सना गर्नुभएको छ। राज्यका निकायहरूले विधिको शासन र संवैधानिक मर्यादाको ख्याल नगरी गरेको यस प्रकारको गिरफ्तारीले विधिको शासनमाथि नै प्रश्न उठाएको उहाँको भनाइ छ।

विज्ञप्तिमा राज्य संयन्त्रको यस प्रकारको स्वेच्छाचारी र अमर्यादित शैली स्वीकार्य हुन नसक्ने भन्दै कानुनी शासनको पालना गर्न र नागरिक तथा पूर्वविशिष्ट पदाधिकारीहरूको संवैधानिक अधिकारको रक्षा गर्न सरकारसँग जोडदार माग गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ