संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा नेपाल-यूएई परराष्ट्रमन्त्रीस्तरीय भेटवार्ता: २५ मिलियन डलर सहयोगप्रति नेपालद्वारा आभार व्यक्त

संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा नेपाल-यूएई परराष्ट्रमन्त्रीस्तरीय भेटवार्ता: २५ मिलियन डलर सहयोगप्रति नेपालद्वारा आभार व्यक्त

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

२८ सेप्टेम्बर, २०२६ (१२ असोज, २०८३)
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानबीच द्विपक्षीय भेटवार्ता भएको छ। शनिबार न्युयोर्कस्थित यूएईको संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोगमा सम्पन्न भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य बाढी र पहिरोपछि यूएई सरकार र जनताले प्रकट गरेको ऐक्यबद्धता, सहानुभूति तथा मानवीय सहायताप्रति आभार प्रकट गर्नुभयो। साथै, यूएई सरकारले बाढी प्रभावितहरूका लागि पछिल्लो समय घोषणा गरेको २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ८३ करोड नेपाली रुपैयाँ) बराबरको थप आर्थिक सहायताका लागि पनि नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

भेटघाटमा दुई मन्त्रीबीच श्रम, द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रवर्धन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गतका बहुपक्षीय मञ्चहरूमा सहकार्य विस्तार गर्नेलगायतका विविध विषयमा महत्त्वपूर्ण विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ