‘सरकारविरुद्ध चलखेल’ गरेको आशङ्कामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यराति नियन्त्रणमा लिइएको दाबी

‘सरकारविरुद्ध चलखेल’ गरेको आशङ्कामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यराति नियन्त्रणमा लिइएको दाबी

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

११ असोज, २०८३ (२७ सेप्टेम्बर, २०२६)

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सरकारविरुद्ध चलखेल’ गरेको आशङ्कामा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा प्रहरीले मध्यराति नियन्त्रणमा लिएको सुरक्षा एवं बालुवाटार स्रोतले दाबी गरेको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री शाहले गृहमन्त्रालय र प्रहरीको उच्च नेतृत्वलाई समेत सुइँको नदिई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखमार्फत जबरालाई महाराजगञ्जस्थित निवासबाट उठाउन लगाउनुभएको थियो।

स्रोतका अनुसार जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बारम्बार भेटघाट गरी विघटित प्रतिनिधिसभा पुनर्स्थापना र सरकारविरोधी सडक आन्दोलनको ‘रोडम्याप’ तयार पारिरहेको सूचना पाएपछि प्रधानमन्त्रीको सचिवालयले उहाँमाथि निगरानी बढाएको थियो। हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विघटित संसद् पुनर्स्थापनालाई मुख्य राजनीतिक एजेन्डा बनाएको र छठ पर्वपछि मधेसकेन्द्रित दलहरूसँग मिलेर आन्दोलन गर्ने रणनीतिका पछाडि पनि जबराको सहजीकरण रहेको दाबी गरिएको छ।

यसैगरी बहालवाला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका अन्य मुद्दामा समेत चासो बढाएपछि सचेत गराउने उद्देश्यले प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताइएको छ। यद्यपि, बिनापुर्जी र कारण नखुलाई पूर्वप्रधानन्यायाधीशलाई मध्यराति प्रहरी लगाएर नियन्त्रणमा लिइएको तथा मानवअधिकार आयोगको टोलीलाई समेत भेट्न नदिइएको भन्दै राजनीतिक र कानुनी वृत्तमा सरकारको कडा आलोचना भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ