कारण नखुलाई मध्यराति निवासबाट उठाइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रिहा

कारण नखुलाई मध्यराति निवासबाट उठाइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा रिहा

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

११ असोज, २०८३ (२७ सेप्टेम्बर, २०२६)
काठमाडौँ। आफूलाई के कारण नियन्त्रणमा लिइयो भन्ने स्पष्ट आधार नपाउँदै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट आइतबार दिउँसो रिहा हुनुभएको छ। ‘सुरक्षा थ्रेट’ को कारण देखाउँदै प्रहरीले शनिबार मध्यराति ३ बजे महाराजगञ्जस्थित निवासमा सुतिरहेका बेला उठाएर टेकु पुर्‍याएका जबरालाई आइतबार दिउँसो २ बजे छोराको जिम्मा लगाएर निवास फर्काइएको हो।

नेपालको इतिहासमै पहिलोपटक पूर्वप्रधानन्यायाधीशलाई यसरी मध्यराति निवासबाट नियन्त्रणमा लिइएको घटनाले चौतर्फी विरोध सिर्जना गरेको छ। डिएसपीको कमान्डमा पुगेको प्रहरी टोलीले सुरुआतमा ‘सुरक्षा थ्रेट’ को कुरा गर्दै प्रहरी कार्यालय हिँड्न भनेपछि जबराले घरमै सुरक्षा दिन माग गर्दै अस्वीकार गर्नुभएको थियो। तर, झण्डै दुई घण्टाको गलफतीपछि ‘माथिको आदेश’ भन्दै प्रहरीले कुनै कानुनी कागजात नदिई उहाँलाई कार्यालय लगेको थियो।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भौतिक आक्रमणको सूचना आएकाले सुरक्षाका लागि ल्याइएको र अब निवासमै सुरक्षा तैनाथी बढाइने दाबी गर्नुभएको छ। यद्यपि, प्रहरी प्रहरी हेडक्वार्टर र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका उच्च अधिकारीहरूले यसबारे अनभिज्ञता प्रकट गरेका छन् भने पूर्वप्रधानन्यायाधीशलाई गैरकानुनी रूपमा रातारात नियन्त्रणमा लिइएको भन्दै कानुनी र राजनीतिक वृत्तमा प्रहरी कदमको चर्को आलोचना भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ