चोलेन्द्र शमशेरको पक्राउबारे सरकारसँग कांग्रेसले माग्यो कानुनी आधार

चोलेन्द्र शमशेरको पक्राउबारे सरकारसँग कांग्रेसले माग्यो कानुनी आधार

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

११ असोज, काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे नेपाली कांग्रेसले सरकारको आधिकारिक धारणा माग गर्दै कानुनी आधार र औचित्य स्पष्ट पार्न आग्रह गरेको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले आज एक वक्तव्य जारी गर्दै राणाको गिरफ्तारी र त्यसपछिका घटनाक्रमबारे सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी भनाइहरू आउनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। “यदि गिरफ्तारी कानुनसम्मत, आवश्यक र उचित थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नुपर्छ,” वक्तव्यमा भनिएको छ।

कांग्रेसले संवैधानिक सर्वोच्चता, कानुनी शासन र नागरिक अधिकारको पक्षमा आफ्नो स्पष्ट प्रतिबद्धता जनाउँदै अपराध अनुसन्धानमा राज्यलाई सहयोग रहने तर प्रक्रिया पारदर्शी र जवाफदेही हुनुपर्ने उल्लेख गरेको छ। विशेष सुरक्षा चुनौती वा अनुसन्धानको असाधारण आवश्यकता परेको हो भने राज्यले त्यसको पछाडिको विश्वसनीय कारण आम नागरिकसमक्ष ल्याउनुपर्ने प्रवक्ता चालिसेको भनाइ छ।

“कसैले कानुन उल्लङ्घन गरेको भए निष्पक्ष अनुसन्धान होस् र प्रमाणका आधारमा कारबाही होस्, तर गिरफ्तारी आफैँमा दोषी भएको प्रमाण होइन,” वक्तव्यमा थप भनिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ