पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जना बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जना बेपत्ता

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

११ असोज, काठमाडौं । पाल्पाको छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।

पाल्पाको माथागढी गाउँपालिका-२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदी घाइते भएका थिए । उनलाई उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पहिरोले घर पुरिने समयमा चिदीकी श्रीमती भने शौच गर्न गएका कारण सकुशल रहेको गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए ।

अविरल वर्षाका कारण पहिरोले माथागढी गाउँपालिका-३ भैसक्ट्टामा दुई घर पुरिएको छ । पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । लिलबहादुर घर्ती मगरको घरमाथि आइतबार बिहान करिब साढे ४ बजे पहिरो खसेको हो।

पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएको प्रहरीले जनाएको छ।

वडा अध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार पहिरोमा परेकाको उद्धारका लागि जनप्रतिनिधि, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् । ठूलो पहिरो भएकाले उद्धारमा समय लाग्ने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए । घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ