शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक

शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नाघ्यो, चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

११ असोज, धनगढी । लगातार आएको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् ।

बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ । सोही कारण महाकालीमा पानीको तह उच्च हुँदै गएको छ ।

निरन्तरको वर्षााका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

मौसममा सुधार नआएपछि सोमबार बिहानसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ