सिद्धार्थ राजमार्ग र मुग्लिन-नारायणगढ सडक अवरुद्ध, कान्तिलोकपथको दुई ठाउँमा पहिरो

सिद्धार्थ राजमार्ग र मुग्लिन-नारायणगढ सडक अवरुद्ध, कान्तिलोकपथको दुई ठाउँमा पहिरो

बेँसीसहर–चामे सडक अवरुद्ध

  • आइतवार, अशोज ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

वालिङ (स्याङ्जा), ११ असोजः पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ ।

यता अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।

लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ । पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिराे हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

यसैगरी अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेका कारण कान्तिलोकपथ अवरुद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।उनका अनुसार अविरल वर्षाका कारण यी दुई ठाउँमा गएराति पहिरो खसेको हो ।

यस्तै आज बिहान टिकाभैरवमा रुख ढल्दा सडक अवरुद्ध बनेको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुर खण्डमा भने कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

उता बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन र भासिएको स्थानमा मर्मतसम्भार गर्न कठिन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ