स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

  • शनिबार, अशोज १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

ललितपुर, १० असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ ।

विश्व मुटु दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर आफूले काम गरिरहेको बताउनुभयो ।

उहाँले बागमती प्रदेशका १३ वटा प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका साथै एकीकृत स्वास्थ्य सेवा र पोषण प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरी विपन्न वर्गलाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले रोग लागेपछि उपचार गर्नेभन्दा रोगको रोकथाम र सचेतनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ