अविरल वर्षा र कम भिजिबिलिटीले पोखरा विमानस्थलमा उडान ठप्प: फ्लाई दुबईको उडान स्थगित

अविरल वर्षा र कम भिजिबिलिटीले पोखरा विमानस्थलमा उडान ठप्प: फ्लाई दुबईको उडान स्थगित

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

९ असोज, २०८३ (२५ सेप्टेम्बर, २०२६)
काठमाडौँ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण भएको अविरल वर्षाले भिजिबिलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिनभर उडान तथा अवतरण प्रभावित भएको छ। पर्याप्त भिजिबिलिटी नभएपछि बुधबारदेखि नियमित उडान थालेको फ्लाई दुबईले शुक्रबारका लागि तय भएको दुबई–पोखरा–दुबई अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ।

विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार आईएफआर (IFR) प्रविधिबाट उडान-अवतरणका लागि कम्तीमा ३,१०० मिटर र भीएफआर (VFR) का लागि ५,००० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा सो नपुगेपछि उडान प्रभावित भएको हो। उडान रद्द हुँदा दुबईबाट पोखरा आउन लागेका ९५ जना र पोखराबाट दुबई जान लागेका ९० जना यात्रु रोकिएका छन्। दिनभर आन्तरिक उडानसमेत प्रभावित भए पनि साँझपख बुद्ध एयरका तीनवटा जहाजले काठमाडौँ–पोखरा उडान भरेका थिए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणालीको प्रभावले शनिबार पश्चिमी भूभागमा झनै बढी वर्षा हुने सम्भावना छ। मौसममा सुधार आउनासाथ फ्लाई दुबईसहितका आन्तरिक तथा बाह्य उडानहरू पूर्ववत् रूपमा नियमित सञ्चालन हुने विमानस्थल प्रशासनले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ