नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

काठमाडौँ, ९ असोजः दुई दिनदेखि नियमित रूपमा परेको वर्षाका कारण काडमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनमा समस्या भएको छ ।

काठमाडौँ महानगर पालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण ‘सिस्डोल ल्यान्डफिल साइट’ मा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो ।

अन्तिम फोहर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ । घर, पसल, व्यवसाय र कम्पाउन्डको फोहर सडक र सार्वजनिकस्थल, खोलानाला र खुला स्थानमा नफाल्न आग्रह गर्दै उहाँले उल्लेखित स्थानमा फोहर फाले सडक अवरुद्ध हुनुका साथै पानी निकासमा समेत बाधा पुग्ने बताउनुभयो ।

अवस्था सामान्य हुनासाथ फोहर सङ्कलन तथा ढुवानी नियमित रूपमा हुने पनि राईले जानकारी दिनुभयो । ल्यान्डफिल साइटमा हाल काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर दैनिक करिब २०० गाडीले अन्तिम रूपमा व्यवस्थापन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ