बाढीपछि सिर्जित बाध्यतात्मक मागले भदौमा आयात १५ प्रतिशतले वृद्धि, दुई महिनामा ४ खर्ब नाघ्यो

बाढीपछि सिर्जित बाध्यतात्मक मागले भदौमा आयात १५ प्रतिशतले वृद्धि, दुई महिनामा ४ खर्ब नाघ्यो

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

९ असोज, २०८३ (२५ सेप्टेम्बर, २०२६)
काठमाडौँ। गत भदौ १० गते आएको त्रिशूली-भोटेकोशी हिमबाढीपछिको राहत, उद्धार र पुनःस्थापनाका लागि सिर्जित बाध्यतात्मक बजार मागका कारण मुलुकको आयातमा तीव्र वृद्धि भएको छ। साउनको तुलनामा भदौ महिनामा मात्रै कुल आयात १५ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल ४ खर्ब २ अर्ब रुपैयाँको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३१.७३ प्रतिशतले बढी हो।

बाढीका कारण रसुवागढी र तातोपानी नाकासहित उत्तरी सडक सञ्जालमा क्षति पुगे पनि बाढीपीडितका लागि आवश्यक टेन्ट, त्रिपाल, कम्बल, औषधि तथा प्राथमिक उपचार सामग्री र तयारी खाद्य वस्तुको आयात भारी मात्रामा बढेको छ। साउनमा ३४५ थान मात्रै आयात भएको सिन्थेटिक टेन्ट भदौमा ९४२ प्रतिशतले बढेर ३ हजार ५९५ थान पुगेको छ भने कम्बल, स्यानिटरी प्याड, भुजा र बिस्कुटजस्ता उपभोग्य सामग्रीको आयातमा पनि उल्लेख्य वृद्धि दर्ता भएको छ।

यसैगरी, सडक र बिजुली संरचनाको पुनःस्थापनाका लागि बिटुमिन (अलकत्रा) को आयात परिमाण ८०.८३ प्रतिशतले बढेको छ भने हेलिकप्टरमार्फत उद्धार र ढुवानी बढेकाले हवाई इन्धनको आयात ३८.६५ प्रतिशतले वृद्धि भएको छ। विद्युत् ट्रान्सफर्मर तेलको आयात २५० प्रतिशतले बढेको छ। बाढीपछिको पुनर्निर्माण र राहतबाहेक आसन्न दसैँ चाडपर्वको मौसमी माग, औद्योगिक कच्चा पदार्थ (कच्चा तेल) र कृषि प्रयोजनका लागि युरिया मलको आयात दोब्बर हुनाले पनि समग्र आयात बढाउन भूमिका खेलेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ