तमोर नदीमा यो वर्षकै ठूलो वहाव

तमोर नदीमा यो वर्षकै ठूलो वहाव

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

काठमाडौँ, ९ असोजः तमोर नदीमा यो वर्षकै ठुलो पानीको बहाव देखिएको छ ।

फुङलिङ नगरपालिका २ को ठोक्रे र मेरिङदेन गाउँपालिका ३ खाम्लुङको दोभान बजार नजिकै नियाल्दा पानीको सतह धेरैनै बढेको दोभान वजारका स्जाथानीले बताएका छन् ।

पानीको सतह पुलको केही तलसम्म देखिएको छ । यो नदी सप्तकोसीलाई मिसिन्छ ।

बुधबार बेलुकादेखि लगातार वर्षा भइरहेको ताप्लेजुङमा पछिल्लो २४ घण्टामा ६३.५ मिलिमिटर वर्षा भएको छ । बर्षा लगातार भइरहेकाले पानीको सतह अझ बढ्न सक्ने आँकलन गरिएको छ ।

वर्षाका कारण मेची राजमार्गको कावेली ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ