९ असोज, २०८३ (२५ सेप्टेम्बर, २०२६)
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी विभेद र विकसित देशहरूको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत शुक्रबार बिहान सम्बोधन गर्दै उहाँले हातहतियार आपूर्तिमा चुस्त र किसानका अत्यावश्यकीय सामग्री आपूर्तिमा सुस्त हुने विश्वव्यापी व्यवस्थाप्रति कडा आपत्ति जनाएका छन्।
“अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद ७२ घण्टाभित्र विश्वको जुनसुकै ठाउँमा पुग्ने संयन्त्र बनाउने विश्व नेपालका किसानका लागि मल र इन्धन आपूर्तिमा भने कमजोर छ,” प्रधानमन्त्री शाहले भने, “हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग प्रणाली भएको संसार बनाएका छौँ।” भुक्तानी गर्न सक्ने देशले आवश्यक वस्तु किन्न पाउने न्यायोचित व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिएका छन्।
आफ्नो ओझपूर्ण सम्बोधनमा मुख्य गरी विकास, लोकतन्त्र, शान्ति र युवा देशको आशालाई जोड दिएका शाहले त्यसअघि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग समेत शिष्टाचार भेटवार्ता गरेका थिए।