संयुक्त राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री बालेन शाह: ‘जलवायु परिवर्तनलाई भू-राजनीतिक युद्धमैदान नबनाऔँ’

संयुक्त राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री बालेन शाह: ‘जलवायु परिवर्तनलाई भू-राजनीतिक युद्धमैदान नबनाऔँ’

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 627
    SHARES

९ असोज, २०८३ (२५ सेप्टेम्बर, २०२६)
प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको सङ्कटका लागि कसैलाई दोष दिनुभन्दा सबै देशले साझा जिम्मेवारी र ऐक्यबद्धता देखाउनुपर्नेमा जोड दिनुभएको छ। जलवायु परिवर्तनलाई अर्को भू-राजनीतिक युद्धमैदान बनाउन नहुने स्पष्ट पार्दै उहाँले विकसित र क्षमतावान् राष्ट्रहरूलाई जलवायु न्यायका निम्ति पुनः प्रतिबद्ध हुन आह्वान गर्नुभयो।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी-पहिरोको उदाहरण दिँदै जलवायु विपत्तिले सीमा नचिन्ने र यसको असर नेपाल-चीन सीमा क्षेत्रदेखि भारतसम्म परेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्गीय रूपरेखा महासन्धिको ‘साझा तर फरक जिम्मेवारी’ को सिद्धान्त स्मरण गराउँदै ऐतिहासिक रूपमा बढी उत्सर्जन गर्ने र सामर्थ्यवान् राष्ट्रहरूले सोहीअनुसार बढी जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ थियो।

जलवायु न्यायलाई संयुक्त राष्ट्रसङ्घका दस्तावेज र नारामा मात्र सीमित राख्न नहुने बताउँदै प्रधानमन्त्री शाहले अति जोखिममा रहेका मुलुकका नागरिकले विगतकै क्षति पुनर्निर्माणमा समय खर्चनुपर्ने अवस्थाको अन्त्य भई भविष्य निर्माणको समान अवसर पाउनुपर्ने दाबी गर्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ