एमालेले किन गर्‍यो सेनाप्रतिको आफ्नो दृष्टिकोणमाथि प्रश्न?

एमालेले किन गर्‍यो सेनाप्रतिको आफ्नो दृष्टिकोणमाथि प्रश्न?

  • बुधबार, अशोज ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

काठमाडौँ। नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले सेना जस्तो राज्यको स्थायी संरचनाप्रति पार्टीको दृष्टिकोण स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्। ललितपुरको भनीमण्डलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै रिजालले भदौ २३-२४ को घटनामा सेनाले नेतृत्वको सुरक्षा र सहजीकरण गरेको भए पनि संसद्मा एमालेको मुख्य निशाना नै सेना हो कि जस्तो गरी प्रस्तुत हुँदा भ्रम र टकराव बढेको बताएका हुन्।

बैठकमा आठबुँदे धारणा राख्दै रिजालले निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिने अध्यक्ष केपी शर्मा ओलीको कदमको समर्थन गरे। यद्यपि, उनले पार्टीको नीति, सिद्धान्त, कार्यशैली र सधैँ सत्ताको गोलचक्करमा रुमल्लिने प्रवृत्तिको कडा समीक्षा गर्न माग गरेका छन्। ‘छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता’ जस्ता नारा, रास्वपासँगको अस्थिर सहकार्य, सत्ताकेन्द्रित कार्यनीति र डिजिटल मोर्चामा देखिएको सुस्तताबारे पुनःविचार गर्न उनले आग्रह गरे।

साथै, रिजालले मदन भण्डारीको शैलीमा साहसिक कदम चाल्दै एमालेको नेतृत्वमा वामपन्थी एकता र कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरे। २४ सै घण्टा क्रियाशील रहने डिजिटल विभाग गठन गर्न र परम्परागत विभागहरूमा कम्तीमा ५० प्रतिशत योग्य युवा विज्ञहरूलाई स्थान दिई नयाँ पुस्तालाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ