दसैँमा सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारसँग रास्वपा सचेतक परियारको माग

दसैँमा सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारसँग रास्वपा सचेतक परियारको माग

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नजिकिँदै गरेको दसैँका क्रममा यात्रुको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने, अग्रिम टिकट बुकिङ व्यवस्थित गर्ने र मनपरी भाडादर नियन्त्रण गर्ने काममा तत्काल जुट्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट मात्रै बर्सेनि १५ लाखभन्दा बढी नागरिक आफ्नो घर फर्कने गरेको तथ्याङ्क प्रस्तुत गर्दै सचेतक परियारले विगतमा यात्रुले भोगेका सास्ती र सास्तीपूर्ण यात्राको स्मरण गराए। टिकट नपाएर सास्ती खेप्नुपर्ने, क्षमताभन्दा बढी यात्रु कोचिने र जीर्ण सडकका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिन नदिन पूर्वतयारी थाल्न उनले जोड दिए।

समस्या परेपछि मात्र तात्ने सरकारी कार्यशैलीको आलोचना गर्दै उनले ‘आगलागीपछि कुवा खन्ने’ परिपाटी छाडेर पूर्वतयारीका साथ लाग्न सरकारलाई आग्रह गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ