मलेसिया रोजगारीमा सिन्डिकेट अन्त्य गर्न प्रधानमन्त्री बालेन शाहको पहल: मलेसियाली समकक्षी इब्राहिमसँग टेलिफोन वार्ता, श्रममन्त्री तहमा छलफल हुने

मलेसिया रोजगारीमा सिन्डिकेट अन्त्य गर्न प्रधानमन्त्री बालेन शाहको पहल: मलेसियाली समकक्षी इब्राहिमसँग टेलिफोन वार्ता, श्रममन्त्री तहमा छलफल हुने

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

काठमाडौँ। मलेसियामा नेपाली श्रमिक भर्ना प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मात्रै अधिकार दिएर सिन्डिकेट खडा गर्न खोजिएको विवाद उच्च राजनीतिक तहमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मङ्गलवार बिहान टेलिफोन वार्ता गर्दै वैदेशिक रोजगारीमा देखिएको सिन्डिकेट र बिचौलिया प्रणाली अन्त्य गर्न कडा आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (FWCMS) अन्तर्गत २५ मुख्य र २५० सहायक म्यानपावर कम्पनी मात्र सूचीकृत गर्ने निर्णय नेपाललाई कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्। पारदर्शी र शोषणमुक्त भर्ना प्रक्रियाका लागि उनले दुवै देशका श्रममन्त्रीबिच प्रत्यक्ष वार्ता गराउन प्रस्ताव गरे। जवाफमा मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेटको विपक्षमा रहेको बताउँदै आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग समन्वय गरी ठोस निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।

यसअघि नै वैदेशिक रोजगार विभागले FWCMS मा आबद्ध भनिएका २५० म्यानपावर कम्पनीको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरी छानबिन अघि बढाएको छ। नेपालले कूटनीतिक पत्रमार्फत संयुक्त प्राविधिक समिति (JWC) को बैठक बोलाउन पहल गरिरहेको अवस्थामा दुई प्रधानमन्त्रीबिच भएको यो संवादले सिन्डिकेट अन्त्य र श्रम सम्झौता पालनाको विषयलाई थप सशक्त बनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ