‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’

‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

काठमाडौँ, ६ असोजः सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जना चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आज आकस्मिक समयमा भाग लिने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताउनुभएको छ ।

सांसद युवराज दुलालले काठमाडौँको त्रिपुरेश्वरचोकमा सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले सोमबार सवारीचालक अर्जुन दोङले मृत्युवरण गर्ने अवस्था आउनु ज्यादै दुखदः रहेको र उहाँले मृत्युवरण गर्नुको कारण सरकारले गम्भीर भएर खोजी गर्नुपर्ने बताउनुभयो ।

“त्रिपुरेश्वर चोकमा उही ठाउँ र उही प्रकृतिको घटना दुई महिनाको अन्तरालमा दोर्‍योरिएकाले पनि ट्राफिक प्रहरीसँगको विवाद हुँदा चालकले आत्मदाह जस्तो गम्भीर प्रकृतिको घटना किन रोज्नुपरेको छ । त्यस्ता घटना रोक्न किन सरकारी निकायले पर्याप्त सावधानी अपनाइएन सो विषयमा सरकारको ध्यानाकर्षण गराउँछु”, उहाँले भन्नुभयो, “यस्ता घटना बारम्बार किन भइरहेका छन् भन्ने विषयमा सरकार गम्भीर हुन जरुरी छ ।”

सांसद क्रान्तिशिखा धितालले त्रिपुरेश्वरचोकमा भएका दुई घटनाले प्रहरीको काग गर्ने शैली र चालकको मनोदशाको विषयमा गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीकोे पनि यात्रु र चालकसँग गर्नुपर्ने व्यवहार र शैली बदल्नुपर्ने बताउनुभयो ।

सांसद आशिका तामाङले ट्राफिक प्रहरीले अनिवार्य शरीरमा क्यामेरा जडान गरेर आवश्यक कारबाही अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसद वलावती शर्माले त्रिपुरेश्वर चोकमा २५ वर्षे युवाले बसभित्र आगो लगाएर मृत्युवरण गर्नुपर्ने अवस्था किन आयो भनेर सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद आरेन राई ‘जेनजी’ आन्दोलनपछि हरेक युवामा नैराश्यता छाएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरचोकमा भएको घटनालाई सामान्य घटनाको रूपमा नहेरी गम्भीर घटनाको रूपमा हेर्नुपर्ने बताउँदै तत्कालै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सांसद आशिष गजुरेल सडक प्रयोगकर्ता र चालकको मनोवैज्ञानिक असरका विषयमा विदेशी मुलुकमा ठूलो लगानी हुने गरेता पनि नेपालमा सो नहुँदा पनि विभिन्न खालका समस्या आउने गरेको बताउनुभयो ।

सांसद रमेशकुमार मल्लले सल्यान जिल्लामा एक महिनाको अवधिमा स्क्रब टाइफसको सङ्क्रमणको कारणले सात जनाको मृत्यु भएकाले पनि सोसँग आवश्यक पर्ने स्वास्थ्य किटहरूको पनि अभाव रहेकाले तत्कालै आपूर्ति गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद सोम शर्माले बाग्लुङमा फैलिएको डेङ्गुको समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ