एमाले केन्द्रीय कमिटीमा खैलाबैला: ओली र कृष्णगोपाल श्रेष्ठबीच चर्काचर्की, श्रेष्ठद्वारा बैठक बहिष्कार

एमाले केन्द्रीय कमिटीमा खैलाबैला: ओली र कृष्णगोपाल श्रेष्ठबीच चर्काचर्की, श्रेष्ठद्वारा बैठक बहिष्कार

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

काठमाडौँ। नेकपा (एमाले) को ललितपुरस्थित भनीमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठबिच तीव्र भनाभन र चर्काचर्की भएको छ। पार्टीभित्र कुनै समय ओलीका कट्टर समर्थक मानिने श्रेष्ठले बैठक सञ्चालनको विधि र प्रक्रियालाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन्।

महासचिवले सञ्चालन गर्नुपर्ने बैठक अध्यक्ष ओली आफैँले सञ्चालन गर्न थालेपछि श्रेष्ठले ‘विधि र प्रक्रियाअनुसार जानुपर्ने’ भन्दै प्रतिवाद गरेका थिए। ओलीले बस्न आग्रह गरे पनि श्रेष्ठले “पार्टी तपाईंको मात्रै हो? यस्तो तरिकाले पार्टी चल्छ?” भन्दै आक्रोश व्यक्त गरेका थिए। स्वयंसेवकहरूले रोक्न खोजेपछि थप रुष्ट बनेका श्रेष्ठले पत्रकारहरूसँग ‘अति भएपछि प्रतिवाद गरेर बैठक बहिष्कार गरेको’ प्रतिक्रिया दिएका छन्।

उता अध्यक्ष ओलीले भने बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणबारे व्याख्या गर्दै आफूलाई अध्यक्षबाट विस्थापित गर्ने प्रयासलाई ‘बेमौसमी बाजा’ को संज्ञा दिएका छन्। कुनै समय ओलीलाई ‘फुटबलका पेले’ भनेर प्रशंसा गर्ने श्रेष्ठले ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवारी दिएयता ओलीको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्। सोमबारको यस घटनाले एमालेभित्रको आन्तरिक गुटबन्दी र नेतृत्वप्रतिको असन्तुष्टिलाई पुनः सतहमा ल्याइदिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ