राष्ट्रसंघीय महासभामा जानुअघि प्रधानमन्त्री बालेन शाह र कांग्रेस नेताहरूसँग भेट, भोटेकोशी विपद् र राष्ट्रिय एजेन्डामा छलफल

राष्ट्रसंघीय महासभामा जानुअघि प्रधानमन्त्री बालेन शाह र कांग्रेस नेताहरूसँग भेट, भोटेकोशी विपद् र राष्ट्रिय एजेन्डामा छलफल

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग भेटघाट तथा परामर्श गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी थिए।

महासभामा नेपालकोतर्फबाट प्रस्तुत गरिने विषयवस्तु र साझा धारणाका बारेमा छलफल गर्न प्रधानमन्त्रीले प्रतिपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेका थिए। भेटका क्रममा कांग्रेस सभापति गगन थापा र समग्र पार्टीको तर्फबाट तयार पारिएको धारणा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको उपसभापति शर्माले जानकारी दिए। राष्ट्रसंघीय मञ्चमा देश एक ढिक्का रहेको सन्देश दिनुका साथै भोटेकोशीको विपद् तथा जलवायुजन्य संकटलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व समुदायको ध्यान आकर्षण गराउन कांग्रेसले प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

प्रधानमन्त्री शाह भोलि मंगलबार अपराह्न संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ