नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै, निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल हुने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै, निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल हुने

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौँ। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बस्न लागेको छ। बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता तथा केन्द्रीय सदस्यहरू बैठक स्थल पुगिसकेका छन्।

गत फागुनमा सम्पन्न निर्वाचनपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो। आइतबार निर्वाचन समीक्षा कार्यदल (संयोजक रामबहादुर थापा ‘बादल’) ले तयार पारेको एकीकृत प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाएपछि सचिवालय बैठक हुँदै केन्द्रीय कमिटी बैठक आह्वान गरिएको हो।

समीक्षा प्रतिवेदनमाथि हुने छलफलमा सबै केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्ना धारणा राख्न पर्याप्त समय उपलब्ध गराइने एमालेको तयारी छ। बैठकबाट निर्वाचनको व्यापक समीक्षा, आगामी कार्यदिशा र साङ्गठनिक सुदृढीकरणका विषयमा निर्णय लिइने बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ