भोटेकोशी-त्रिशूली विपद् र जलवायु परिवर्तनबारे संसदीय विशेष समिति गठन गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

भोटेकोशी-त्रिशूली विपद् र जलवायु परिवर्तनबारे संसदीय विशेष समिति गठन गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 874
    SHARES

काठमाडौँ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष नजिकैको कार्यव्यवस्था हलमा बस्दैछ।

बैठकमा रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा भएको भीषण विपद् तथा जलवायु परिवर्तनका असरहरूबारे अनुगमन र अध्ययन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल हुने मुख्य कार्यसूची रहेको छ। यसअघि नै भोटेकोशी विपद्पछिको खोज, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको अनुगमन गर्न तथा भविष्यमा मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत सुझाव दिन यस्तो विशेष समिति बनाउने निर्णय भइसकेको थियो।

समितिलाई विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, दिगो पूर्वाधार पुनर्निर्माण र विपद् व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाका विषयमा काम गर्ने अधिकार र जिम्मेवारी तोक्ने प्रस्ताव गरिएको छ। यद्यपि, समितिको सदस्य सङ्ख्या, कार्यक्षेत्र, कार्यावधि र संयोजकका विषयमा राजनीतिक दलहरूबिच सहमति जुट्न बाँकी रहेकाले प्रक्रियामा ढिलाइ हुँदै आएको छ। आजको बैठकमा तिनै विषयहरू टुङ्ग्याएर विशेष समिति गठन प्रक्रियालाई अन्तिम रूप दिने तयारी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ