काठमाडौं, असोज ५ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यो बैठकको एजेन्डा तय गर्न बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।
पार्टीभित्र लामो समयदेखि उठिरहेको पार्टी पुनर्गठनको मुद्दा हाल पेचिलो बन्दै गएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तल्लो कमिटीबाट संकलन गरी ल्याएको सुझावमा बहुसंख्यक नेता तथा कार्यकर्ताले नेतृत्व परिवर्तनको माग उठाएका छन्।
सोही सुझावसहितको प्रतिवेदनमाथि आइतबारको केन्द्रीय सचिवालयमा छलफल भएको थियो। छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनलाई सामान्य रूपमा लिँदै त्यसलाई बुझ्न अस्वीकार गरेपछि बैठकमा तनाव उत्पन्न भएको थियो। सो बैठकमा उपमहासचिव योगेश भट्टराई र अध्यक्ष ओलीबीच चर्काचर्की समेत परेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline