राष्ट्रसङ्घको ८१औँ महासभा: प्रधानमन्त्री बालेन शाह मङ्गलवार अमेरिका जाँदै, १४ सदस्यीय टोलीको नेतृत्व गर्ने

राष्ट्रसङ्घको ८१औँ महासभा: प्रधानमन्त्री बालेन शाह मङ्गलवार अमेरिका जाँदै, १४ सदस्यीय टोलीको नेतृत्व गर्ने

  • आइतवार, अशोज ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 931
    SHARES

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ (यूएन) को ८१औँ महासभामा भाग लिन नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मङ्गलवार अमेरिका प्रस्थान गर्ने भएका छन्।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८) मा राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी रहनेछन्।

यसैबिच, महासभाका प्रारम्भिक बैठक तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार साँझ नै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरिसकेको छ। न्युयोर्क बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा समकक्षीहरूसँग द्विपक्षीय भेटवार्तामा सहभागिता जनाउनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ