राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान

राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका प्रस्थान

  • आइतवार, अशोज ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन्। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भने असोज ६ (मंगलबार/सेप्टेम्बर २२) मा अमेरिका जाने कार्यक्रम छ।

परराष्ट्रमन्त्री खनालले महासभाका उच्चस्तरीय सत्र, विभिन्न साइड इभेन्ट, मन्त्रीस्तरीय बैठक तथा आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री शाहले असोज ८ (सेप्टेम्बर २४) मा राष्ट्रसङ्घ महासभालाई सम्बोधन गर्नेछन्। नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित १४ जना अधिकारीहरू सहभागी छन्।

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग विशेष द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। सम्बोधन र उच्चस्तरीय भेटवार्तापछि प्रधानमन्त्री शाह असोज १० (सेप्टेम्बर २६) मा र परराष्ट्रमन्त्री खनाल असोज १३ (सेप्टेम्बर २९) मा स्वदेश फर्किनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ