नेपाल भौगोलिक र राजनीतिक रूपमा अति संवेदनशील क्षेत्रमा छ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

नेपाल भौगोलिक र राजनीतिक रूपमा अति संवेदनशील क्षेत्रमा छ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 855
    SHARES

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्तै संवेदनशील क्षेत्रमा अवस्थित रहेको बताएकी छन्। शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला जनसङ्ख्या र तीव्र विकास हासिल गरेका छिमेकी मुलुकहरूको बीचमा नेपाल रहेकाले देशका समस्या र आवश्यकताप्रति गम्भीर हुनुपर्नेमा जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले नेपालका दुई ठूला छिमेकी मुलुकहरूको जनसङ्ख्या झन्डै डेढ-डेढ अर्ब पुग्न लागेको उल्लेख गर्दै करिब तीन करोड जनसङ्ख्या भएको नेपालले आफ्नो भौगोलिक तथा राजनीतिक संवेदनशीलतालाई दीर्घकालीन नीतिमार्फत सम्बोधन गर्नुपर्ने बताइन्। दुवै छिमेकी देशहरूले सामान्य सहयोग मात्र गरिदिए पनि नेपालका धेरै समस्याहरू सहजै समाधान हुनसक्ने उनको भनाइ थियो।

प्राकृतिक सुन्दरता र महत्त्वका हिसाबले नेपाल धनी भए पनि विपद् तथा अन्य समस्याहरूको दीर्घकालीन समाधान खोज्न नसक्दा पटक-पटक सास्ती व्यहोर्नु परेको उनले उल्लेख गरिन्। तत्कालीन समस्या समाधानमा मात्र अल्झिनुको सट्टा विपद् व्यवस्थापन र देशका दीर्घकालीन चुनौतीहरू सामना गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले जोड दिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ