विरोधीले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ लाग्छ: अध्यक्ष ओली

विरोधीले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ लाग्छ: अध्यक्ष ओली

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले जति नै खुट्टा ताने पनि पार्टी आफ्नो लक्ष्यमा दृढताका साथ अघि बढ्ने बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सञ्चारमाध्यमहरूमा पार्टी फुट्ने वा नेतृत्व परिवर्तन हुने भन्दै गरिएका प्रचारहरू पूर्णतः असत्य भएको दाबी गरे।

केन्द्रीय कमिटी बैठकबाट एमाले थप एकताबद्ध र भव्य सङ्कल्पका साथ बाहिरिने स्पष्ट पार्दै उनले गायिका कुन्ती मोक्तानको गीत ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ को उदाहरण दिएका थिए। महाभारतको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले अर्जुन र शिखण्डीहरूले बाण हानेर भीष्म पितामहलाई ढलाए पनि आफू अझै मैदानमा खडा रहेको बताए। ७४ वर्षको उमेरमा अमरसिंह थापाले तरबार लिएर युद्ध लडेको स्मरण गर्दै उनले आफू भने कलम लिएर राजनीतिक मैदानमा रहेको र विरोधीका प्रयासहरू सफल नहुने जिकिर गरे।

आफ्नो राजनीतिक जीवनमा १० वटा महाभारत लडेर आएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेता-कार्यकर्ताहरूलाई जनताको बिचमा गएर सचेत बनाउन निर्देशन दिए। अराजकताबाट नभई स्पष्ट बाटोबाट मात्रै गन्तव्यमा पुग्न सकिने बताउँदै उनले संविधान, प्रणाली र लोकतन्त्रको रक्षा गर्ने प्रमुख कार्यभार एमालेको काँधमा रहेको दाबी गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ