संविधान जतिसुकै राम्रो भए पनि चलाउने हात असल हुनुपर्छ: प्रधानमन्त्री शाह

संविधान जतिसुकै राम्रो भए पनि चलाउने हात असल हुनुपर्छ: प्रधानमन्त्री शाह

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै उत्कृष्ट र समृद्ध भए पनि त्यसको कार्यान्वयन गर्ने नेतृत्व (हात) असल हुनुपर्नेमा जोड दिएका छन्। १२औँ संविधान दिवस (२०८३) को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको सफलता र सार्थकता नेतृत्वकर्ताको नियत तथा कार्यशैलीमा निर्भर रहने स्पष्ट पारेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले वर्तमान राजनीतिक तथा शासकीय व्यवस्था कुनै यात्राको अन्त्य नभई नयाँ युगको सुरुवात भएको उल्लेख गरे। उनले राज्यका प्रत्येक निकायमा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न वर्तमान सरकार दृढ संकल्पका साथ अगाडि बढिरहेको बताए।

सरकारका निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउँदै योग्यता र दक्षताका आधारमा मात्र नियुक्ति प्रक्रिया अघाइएको जानकारीसमेत उनले यस अवसरमा दिए।

यसैबीच, सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै घरबारविहीन भएका पीडितहरूको तत्काल राहत, उद्धार र पुनःस्थापनाको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा अघि बढाइरहेको स्पष्ट पारे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी