सगरमाथाको कथा समेटिएको ‘रोड टु एभरेष्ट’ वृत्तचित्र सार्वजनिक

सगरमाथाको कथा समेटिएको ‘रोड टु एभरेष्ट’ वृत्तचित्र सार्वजनिक

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौँ, ८ भदौः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको जीवन्त अनुभूति दिलाउँदै नेपाललाई अन्तरराष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले तयार गरिएको वृत्तचित्र ‘रोड टु एभरेष्ट’ भावी पुस्तालाई उपहारस्वरूप सयौँ वर्षसम्म कालजयी दस्तावेजका रूपमा रहने देखिन्छ ।

राजधानीमा प्रदर्शित वृत्तचित्रको ‘प्रिमियम शो’मा सहभागी वक्ता एवं दर्शकले वृत्तचित्रलाई केवल हिमालको कथाको रूपमा मात्र नभई नेपाली पहिचानको कथाको रूपमा लिएका छन् ।

नेपाली सोच, लगानी र प्राविधिकले निर्माण गरेको ५० मिनेट लामो सो वृत्तचित्रमा नेपाली पर्वतारोहीको अदम्य साहस, जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पु¥याएको असर र नेपालमा पर्वतारोहणको अवस्थालाई सजीव ढङ्गबाट प्रस्तुत गरिएको छ ।

सगरमाथा हिमाल १८ पटक आरोहण गर्नुभएका फुर्वा तेन्जिङ शेर्पा र १० पटक सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका १४ वटै हिमालको आरोहण गर्नुभएका निमाग्याल्जेन शेर्पाको सहयोगमा सगरमाथा आरोहण गर्नुभएका राज गुरुङले आफ्नो आरोहणका क्रममा खिच्नुभएका भिडियो र तस्बिरलाई समेटेर पत्रकार निर्मल श्रेष्ठको निर्देशनमा वृत्तचित्र तयार गरिएको हो ।

विभिन्न पर्वतारोही, कलाकार, सञ्चारकर्मी तथा गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा सो वृत्तचित्रको शुभारम्भ गर्दै ‘वी विल राइज फाउण्डेशन’का अध्यक्ष तुलसीकुमार गुरुङले नेपालको पहिचानका रूपमा रहेको सगरमाथालाई केन्द्रमा राखेर तयार गरिएको वृत्तचित्रलाई व्यापक प्रचारप्रसारसहति विदेशमा पु¥याउन सबैसँग अनुरोध गर्नुभयो । ‘गोरखा भूकम्प’का बेला ‘हामी उठ्न सक्छौँ’ भन्ने अठोटका साथ स्थापना भएको सो फाउण्डेशनले सो वृत्तचित्र निर्माण गरेको हो ।

वृत्तचित्रमा समुन्द्र सतहदेखि सर्वोच्च शिखर आरोहण गर्दासम्मको अनुभवको प्रस्तुतीकरणसँगै जलवायु परिवर्तनले कसरी प्रभाव पारेको छ भन्ने विषयलाई समेटिएको छ । सगरमाथाको आधारशिविरदेखि वेसक्याम्प चारसम्म आरोहीको अवस्था, चुनौती, पर्वतारोहीको चाप, पर्वतारोहीमा देखिने स्वास्थ्य समस्या र मृत्युसम्मका घटनालाई वृत्तचित्रमा नियाल्न सकिन्छ ।

सगरमाथालाई आधारित बनाएर तयार गरिएको वृत्तचित्रमा आरोहणको क्रममा क्याम्पमा व्यतित गरिने समय, मनोरञ्जनका क्रियाकलाप, आआफ्ना धार्मिक विश्वासअनुसार गरिने पूजाआजा, खानपान, मलमूत्र व्यवस्थापनलगायतका व्यवहारलाई पनि समावेश गरिएको भए अझ राम्रो हुने सुझाव शुभारम्भ कार्यक्रममा व्यक्त भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी