सुदूरपश्चिम, ३ असोजः
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणसँगै संविधानको लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्दै आर्थिक समानता र समृद्धिमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको हो ।
संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र समृद्ध समाज निर्माणका लागि सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा प्रदेश प्रमुख मियाँले जोड दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline