भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेद्वारा कनेक्टिभिटी, व्यापार सन्धि पुनरावलोकन र भारतीय लगानीमा जोड

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेद्वारा कनेक्टिभिटी, व्यापार सन्धि पुनरावलोकन र भारतीय लगानीमा जोड

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 0
    SHARES

काठमाडौँ। भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल-भारतबिचको आर्थिक तथा रणनीतिक साझेदारीलाई मजबुत बनाउन भौतिक, डिजिटल र ऊर्जा सञ्जाल (कनेक्टिभिटी) विस्तारका साथै भारतीय लगानी बढाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्।

नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालको व्यापार घाटा घटाउन र गैरभन्सार अवरोधहरू हटाउन दुई देशबिचको व्यापार सन्धि पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए। ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न नीतिगत तथा कानुनी सुधार भइरहेको बताउँदै उनले हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणको उपयोगमा जोड दिए।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले हालैको प्राकृतिक विपद्मा भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे। उक्त गोलमेच बैठकमा भारतका पूर्व विदेश सचिव श्याम शरण, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरण, सांसद जयराम रमेश, पूर्वराजदूत रञ्जीत राय, भाजपाका विदेश मामिला प्रमुख डा. विजय चौथाइबालेलगायतका उच्चस्तरीय कूटनीतिज्ञ तथा विज्ञहरूको उपस्थिति रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी