राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

काठमाडौँ, २ असोज : राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) ले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा छलफल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको जवाफपछि बैठकले सर्वसम्मतिले पारित गरेको हो । मन्त्री मेतहताले सोसम्बन्धी आवश्यक कानुन यही आर्थिक वर्षभित्र पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सोसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएकाले प्रतिबद्धताबमोजिम कानुन ल्याउन सरकारलाई निर्देशन दिँदै सोको आवश्यक अनुगमनका सभाको सम्बन्धित समितिलाई निर्देशन दिनुभयो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

सभाको आगामी बैठक यही असोज ५ गते सोमबार अपरान्ह १ः१५ मा बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी