५ जिल्लाका सभापतिहरूलाई क्रियाशील सदस्यताको रकम पठाउन कांग्रेसको पत्राचार

५ जिल्लाका सभापतिहरूलाई क्रियाशील सदस्यताको रकम पठाउन कांग्रेसको पत्राचार

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काठमाडौँ। नेपाली कांग्रेसले ५ वटा जिल्लाका सभापतिहरूलाई क्रियाशील सदस्यता बापतको रकम असोज ३ गते दिउँसो १ बजेभित्र बुझाउन कडा पत्राचार गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ गते पत्र पठाउँदै राष्ट्रिय वाणिज्य बैंकमा रहेको पार्टीको खातामा उक्त रकम दाखिला गर्न निर्देशन दिएका हुन्।

पत्राचार गरिएका जिल्ला सभापतिहरूमा बागलुङका जित शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाही रहेका छन्। यी जिल्ला सभापतिहरूले आगामी वडा अधिवेशनका लागि आवश्यक तयारी नगरेपछि पार्टीले कार्यसमितिका अन्य पदाधिकारीलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेर अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। कांग्रेसले असोज ३ र ४ गते देशभर वडा अधिवेशन तय गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी