भारत भ्रमणको दोस्रो दिन: अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच आज भेटवार्ता हुँदै

भारत भ्रमणको दोस्रो दिन: अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच आज भेटवार्ता हुँदै

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

काठमाडौँ। तीनदिने औपचारिक भ्रमणका क्रममा भारतमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन आज (शुक्रबार) भारतका शीर्ष कूटनीतिक तथा आर्थिक नेतृत्वसँग महत्त्वपूर्ण द्विपक्षीय भेटघाट गर्दै छन्। बिहीबार नयाँ दिल्ली पुगेलगत्तै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय वार्ता गरेका अर्थमन्त्री वाग्लेको आजको तालिका थप व्यस्त रहनेछ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्लीमा रहेका अर्थमन्त्री डा. वाग्लेले आज बिहान ९ बजे ‘इन्डिया इन्टरनेसनल सेन्टर’ मा पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन्। त्यस्तै, साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग उहाँको द्विपक्षीय भेटवार्ता तय भएको छ, जहाँ नेपाल-भारत आर्थिक तथा राजनीतिक सम्बन्धका विविध पक्षमा छलफल हुनेछ।

यसैगरी, आजै भारत मण्डपममा भारत व्यापार संवर्धन संगठन (ITPO) का अध्यक्ष जावेद अशरफद्वारा आयोजित बृहत् कार्यक्रममा सहभागी भई अर्थमन्त्रीले द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनबारे छलफल गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नयाँ दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरू सहभागी छन्। शनिबार भारतीय निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरी प्रतिनिधिमण्डल स्वदेश फर्किनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी