संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने, परराष्ट्रमन्त्री खनालद्वारा संसदीय समितिलाई जानकारी

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्ने, परराष्ट्रमन्त्री खनालद्वारा संसदीय समितिलाई जानकारी

  • बिहिबार, अशोज १, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आगामी महासभामा प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको १९औँ बैठकमा सोबारे औपचारिक जानकारी गराएका हुन्।

प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आगामी असोज ६ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा असोज ८ गते प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नेछन् भने असोज ९ गते स्वदेश फर्किने कार्यतालिका तय भएको छ।

परराष्ट्रमन्त्री खनालका अनुसार महासभाका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मामिलाका विविध विषयहरूलाई प्राथमिकताका साथ उठाइनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी