भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

  • बिहिबार, अशोज १, २०८३
  • मिर्मिरे अनलाइन

  • 76
    SHARES

काभ्रे, १ असोजः भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले रु ८५ लाख सहयोग गरेको छ ।

काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा। विराजसिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसैबीच, काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले बाढीबाट पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ हजार जम्मा गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी