ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा दक्षिण कोरिया भ्रमण रद्द, विपद् व्यवस्थापन र ऊर्जा पुनर्निर्माणलाई प्राथमिकता

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठद्वारा दक्षिण कोरिया भ्रमण रद्द, विपद् व्यवस्थापन र ऊर्जा पुनर्निर्माणलाई प्राथमिकता

  • बुधबार, भदौ ३१, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशमा उत्पन्न प्राकृतिक विपत्ति र ऊर्जा क्षेत्रमा पुगेको व्यापक क्षतिका कारण आफ्नो पूर्वनिर्धारित दक्षिण कोरिया भ्रमण रद्द गरेका छन्। भोटेकोसी-त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण खोज, उद्धार, विद्युत् आपूर्ति सहजता र पुनर्निर्माणको कार्यलाई प्राथमिकता दिन मन्त्री श्रेष्ठले भ्रमण स्थगन गर्ने निर्णय लिएको उनको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको सियोलमा सेप्टेम्बर १५ देखि १७ (भदौ ३० देखि असोज १) सम्म आयोजना हुने ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो। मन्त्रिपरिषद्ले गत साउन १३ गते नै मन्त्री श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोलीको भ्रमण स्वीकृत गरिसकेको थियो।

भोटेकोसी बाढीका कारण ठुलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेको तथा जलविद्युत् आयोजना र प्रसारण लाइनमा व्यापक क्षति पुगेकाले मन्त्रालयले उद्धार समन्वय, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, र निजी ऊर्जा उद्यमीहरूलाई सहजीकरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी