एमाले पुनर्गठन कार्यदलको बल्थली बैठकमा सहमति जुट्न सकेन, प्रतिवेदन मिलाउन बादल, पौडेल र पोखरेललाई जिम्मा

एमाले पुनर्गठन कार्यदलको बल्थली बैठकमा सहमति जुट्न सकेन, प्रतिवेदन मिलाउन बादल, पौडेल र पोखरेललाई जिम्मा

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौँ। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिनसम्म काभ्रेको बल्थलीमा बसेको आवासीय बैठकमा प्रतिवेदनबारे अन्तिम सहमति जुट्न सकेको छैन। दुवै भिन्न प्रतिवेदनमा सहमति नजुटेपछि तिनलाई समेटेर एउटै साझा प्रतिवेदन तयार पार्ने जिम्मेवारी तीन वरिष्ठ नेतालाई दिइएको छ।

पार्टी पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव उल्लेख भएपछि विवाद उत्पन्न भएको थियो। अध्यक्ष ओलीको असहमतिपछि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ लाई अर्को प्रतिवेदन लेख्न लगाइएको थियो। बल्थली बैठकमा दुवै प्रतिवेदन पेस गरी सहमति खोज्ने प्रयास गरिए पनि नेताहरूबीच मतैक्यता हुन सकेन।

एमाले सचिव लेखराज भट्टका अनुसार दुवै मस्यौदा र सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेटेर एकीकृत प्रतिवेदन बनाउन संयोजक बादल, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव पोखरेललाई दुई दिनको समयावधि दिइएको छ। तीन नेताले तयार पार्ने प्रतिवेदन कार्यदलको आगामी बैठकले पारित गरी एमाले केन्द्रीय सचिवालयसमक्ष पेस गर्ने जनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी