चीनको गुप्तचर निकायद्वारा एआईको दुरुपयोगबाट राजनीतिक र सामाजिक सुरक्षामा खतरा उत्पन्न हुने चेतावनी

चीनको गुप्तचर निकायद्वारा एआईको दुरुपयोगबाट राजनीतिक र सामाजिक सुरक्षामा खतरा उत्पन्न हुने चेतावनी

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

चीनको प्रमुख गुप्तचर निकाय राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक, सामाजिक, साइबर तथा सैन्य सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। मन्त्रालयले पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुनसक्ने राष्ट्रिय सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

राज्य सुरक्षा मन्त्री चेन यीशिनका अनुसार शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई, डीपफेक अडियो-भिडियो र ‘इन्टेलिजेन्ट ट्रोल आर्मी’ को प्रयोग गरी ठूलो परिमाणमा राजनीतिक अफवाह र विभाजनकारी सूचना फैलाइरहेका छन्। चीनमाथि जनमत र धारणाको स्तरमा ‘कग्निटिभ वारफेयर’ (मानसिक युद्ध) सञ्चालन गर्न एआई प्रयोग भइरहेको र यसले देशको वैचारिक तथा संस्थागत सुरक्षामा प्रत्यक्ष चुनौती खडा गरेको मन्त्री चेनले उल्लेख गरेका छन्।

अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका सीईओ डारियो अमोदेई, ओपनएआईका साम अल्टम्यान र इलन मस्कले एआई विकासको गति नियन्त्रण गर्नुपर्ने बहस चलाइरहेका बेला चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले भने यसलाई भूराजनीतिक स्वार्थ प्रेरित कदम भन्दै आलोचना गरेको छ। विदेशी एआई मोडल र उपकरणको प्रयोगबाट संवेदनशील सरकारी तथा औद्योगिक सूचना चुहिन सक्ने जोखिम औँल्याउँदै चीनले संवेदनशील क्षेत्रमा विदेशी एआई प्रविधिको प्रयोगमा थप कडाइ गर्ने संकेत दिएको छ। आगामी सेप्टेम्बरको अन्त्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने भेटवार्तामा पनि एआई सुरक्षा मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी