प्रधानमन्त्री बालेन शाहद्वारा भोटेकोशी बाढी प्रभावित ५ जिल्लाका जनप्रतिनिधिसँग उच्चस्तरीय छलफल सुरु

प्रधानमन्त्री बालेन शाहद्वारा भोटेकोशी बाढी प्रभावित ५ जिल्लाका जनप्रतिनिधिसँग उच्चस्तरीय छलफल सुरु

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लाका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजेदेखि बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग उच्चस्तरीय बैठक जारी रहेको हो।

बैठकमा बाढीपछिको समग्र अवस्थाको समीक्षा, राहत तथा उद्धारको वर्तमान स्थिति, अब अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन कदम एवं प्रभावित क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका विषयमा गहन छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा नुवाकोटका सांसदहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी सहभागी छन्। त्यसैगरी रसुवाका उत्तरगया, कालिका र आमाछोदिङमो गाउँपालिकाका अध्यक्षहरू भौतिक रूपमा उपस्थित छन् भने गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पु तामाङले अनलाइनमार्फत सहभागिता जनाएका छन्।

यस्तै धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङका पालिका प्रमुखहरू, तनहुँका देवघाट र आँबुखैरेनीका अध्यक्षहरू तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनासमेत बैठकमा सहभागी भएर स्थानीय तहको वस्तुस्थिति प्रस्तुत गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी