काठमाडौँ। नेपाली कांग्रेसको आज (आइतबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यको हैसियत प्रदान गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय समितिका नेताहरूलाई पुनः केन्द्रीय सदस्यको हैसियत दिलाउन विधानबमोजिम आवश्यक प्रबन्ध गरिने भएको हो।
यस निर्णयसँगै पार्टीको संस्थापनइतर पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूले केन्द्रीय सदस्यको आधिकारिक हैसियत पाउने बाटो खुलेको छ।
यसैगरी बैठकले गत वर्षको पुसमा क्रियाशील सदस्यता नवीकरण गराएका तर हाल अद्यावधिक गर्न बाँकी रहेका सदस्यहरूलाई पनि आगामी १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline